चिलिमे र अपर त्रिशूली–१ को टनेलमा ३ शव फेला
१५ भदौ, काठमाडौं । खोज तथा उद्धारका क्रममा चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा तीन जनाको शव फेला परेकाे छ । नेपाली सेनाका अनुसार चिलिमेको टनेलमा दुई वटा शव भेटिएको हो ।

विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा हिलो माटोले पुरिएको अवस्थामा शव फेला पारेको सेनाले जनाएको छ । यस्तै, अपर त्रिशूली–१ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गर्दा टनेलमा एउटा शव भेटिएको सेनाले जनाएको छ ।
प्रकाशित मिति : August 31, 2026 at 12:12 pm



