त्रिशूलीले बगायो चरौंदीको पुल
१४ भदौ, काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

साथै आजको बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । गत भदौ १० को बाढीले पुल, सहकारी भवनलगायतमा क्षति पुगेको थिएन।
प्रकाशित मिति : August 30, 2026 at 1:23 pm



