१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

१४ भदौ, काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीन सरकारले आपतकालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको हाे। चिनियाँ वायुसेनाका दुईवटा ‘वाई–२०’ सैनिक विमान आज बिहान ७ बजे काठमाडौँ अवतरण गरेका हुन्।

dainiki.com

विमानस्थलमा आयोजित एक विशेष समारोहका बीच नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले ती राहत सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गरे। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। सो अवसरमा उनीहरूले नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा सयौँ मानिसहरू फसेको र बेपत्ता भएको विवरण सार्वजनिक भइरहँदा चीनले ४ जना सुरुङ उद्धार विशेषज्ञ पठाएको छ। उनीहरूका साथमा सुरुङभित्र खोजी र उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरू समेत ल्याइएको छ।

प्रकाशित मिति : August 30, 2026 at 11:33 am