कृष्णभिरमा सडक भासियो, काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
१४ भदौ, काठमाडौं । बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।

प्रहरी प्रधान कार्यालयले नदीले सडक कटान गरेपछि मुख्य सडक भासिएको जानकारी दिएको छ। सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ।
प्रकाशित मिति : August 30, 2026 at 9:41 am



