भोटेकोशी हुँदै त्रिशुलीमा फेरि ठूलो बाढी
१४ भदौ, नुवाकोट । भोटेकोशी हुँदै त्रिशुलीमा फेरि ठूलो बाढी आएको छ । बाढी ठूलो भएकाले नदी तटका नागरिकमा उच्च सावधानी अपनाउन सरकारले अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवा र नुवाकोटले नदी तटमा रहेका नागरिकहरूमा मोबाइलमा समेत सन्देश पठाएर सूचित गरिएको जनाएको छ ।

बाढी त्रिशुली बजार कटिसकेको छ । बाढी ठूलो भए पनि भदौ १० भन्दा ठूलो रहेको छैन । सुरक्षित रूपमा घरमै बसेकाहरू भागदौडमा लाग्नुपर्ने अवस्था भने नरहेको बाढी क्षेत्रबाट किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले बताएका छन ।
प्रकाशित मिति : August 30, 2026 at 6:46 am



