१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

चितवनमा भेटिएका शव माटोमुनी पुर्ने सरकारको निर्णय

१३ भदाै, चितवन । सरकारले भोटेकोशी बाढीपछि त्रिशुली र नारायणी नदीको चितवन तर्फको किनारमा भेटिएका अब पुर्ने निर्णय गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शवहरूको डिएनए नमुना संकलन गरेर संकेत नम्बरको आधारमा अभिलेख राखेर पुर्ने निर्णय भएको विज्ञप्ति जारी गरेर जानकारी दिएका छन ।

चितवनमा भेटिएका २३३ मध्ये चारवटा शव मात्रै पहिचान अर्यालले शनिबार बिहान जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिचान नभएका बाँकी शवहरु दुर्गन्धित बन्दै गएका कारण संक्रमण र महामारी फैलन सक्ने भएकाले बाध्यात्मक विकल्पको रुपमा यस्तो निर्णय गरेको दाबी गरेका छन ।

‘तसर्थ प्राप्त शबहरु थप सड्न गल्न नदिन, त्यस्ता शवहरुको सम्मानजनक, सुरक्षित र कानुनी रुपमा व्यवस्थापन गरी सम्भावित संक्रमणको जोखिमबाट बचाउन बाध्यात्मक विकल्पको रुपमा जिल्ला सुरक्षा समिति चितवनको निर्णय अनुसार शवहरु जमिनमुनी व्यवस्थापन गर्ने निर्णय भएको छ,’ प्रशासन कार्यालयले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।

पहिचान नभएका शव र शवका अंगहरु सडे गलेको र अव पहिचान गर्न सक्ने अवस्थामा नरहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : August 29, 2026 at 1:18 pm