सेना लगाएर जनताको अपमान नगरः सुमन पाण्डे
१३ भदौ, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सुमनविक्रम पाण्डेले सेना लगाएर जनताको अपमान नगर्न अनुरोध गरेका छन । २०७९ सालमा नुवाकोट २ बाटै प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका पाण्डेले जिल्लाका सम्पूर्ण पदाधिकारी व्यारेकभित्र बसेर बाहिर सेना लगाएर जनताको अपमान नगर्न सुझाव दिएका हुन ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले समेत बाढीको ७२ घण्टापछि शनिबार बिहान काल्पनिक तथ्याङ्क राखेर विज्ञप्ति जारी गरेपछि नुवाकोटका नागरिकहरू आक्रोशित भैरहेको समयमा पाण्डेले सामाजिक सञ्जालको प्रयोग गरी आफूहरू व्यारेकभित्र लुकेर बाहिर सेना लगाएर जनताको अपमान नगर्न भनेका हुन ।

उनले लेखेका छन, ‘जिल्लाको सम्पूर्ण अधिकारी हरु ब्यारेक भित्र बसेर बाहिर सेना लगाएर जनता अपमानित गर्न भएन, विपद्को बेला परामर्श र सहजीकरण ठूलो औषधि हुन्छ, बाहिर केन्द्र सञ्चालन गर्नुहोस, जिम्मेवार बन्नुहोस् !’ बाढीले नुवाकोटको क्षेत्र नम्बर २ पुरै प्रभावित बनेको छ ।
प्रकाशित मिति : August 29, 2026 at 12:53 pm



