३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

प्रधानमन्त्री राहत कोषमा राजी राणाद्धारा एक करोड ९ लाख सहयोग

https://www.muktinathbank.com.np/online/loan-application

१२ भदाै, काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन्। यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो।

व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया छिन्। राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझेका छन्। सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको गर्ने बताएकी छिन् । अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने प्रतिबद्धता उनले गरेकाे बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : August 28, 2026 at 5:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/