१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश

१२ भदौ, काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै ढाँट फाइनलमा पुगेका हुन् ।

यससँगै उनी रोड टु यूएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। अब फाइनलमा उपाधि जित्न सके रवीन्द्रले विश्वकै प्रतिष्ठित एमएमए संस्था यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।

प्रकाशित मिति : August 28, 2026 at 5:44 pm