१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

बाढीबाट सयाैँ विद्यार्थी जोगाउने राजेन्द्रको पनि तीन दिनपछि उद्धार

१२ भदौ, काठमाडौँ । सरकारले त्रिभुवन मावि त्रिशुलीका सयौँ विद्यार्थी बाढीबाट जोगाउन सफल प्रधानाध्यापक राजेन्द्र दवाडीको पनि शुक्रबार उद्धार गरेको छ । दवाडीसँगै रहेका केही विद्यार्थीको पनि उद्धार भएको छ । त्रिशुलीको बाढीले विद्यालयसहित आसपासका सबै पुलहरू समेत बगाएर सडक सम्पर्क बिच्छेद भएपछि उनीहरू त्रिशुली पारीनै अलपत्र परेका थिए ।

हेलिकप्टरबाट उद्धार भएर घर आइपुगेपछि राजेन्द्रले फेसबुकमा लेखेका छन, ‘आज बिहान हेलिकप्टरबाट रेस्कियु भई ३ दिनपछि सकुशल वारि वट्टार आउन सफल भईयो । मेरो साथमा रहेका सम्पूर्ण विद्यार्थीहरू पनि वारी व्यारेक सम्म आईसकेका जानाकारी गर्दछु ।’

दवाडी प्रधानाध्यापक रहेको त्रिभुवन मावि त्रिशुली पुरै बाढीले बगाएको छ । दवाडी बाढीको पूर्व सूचना पाएपछि सबै विद्यार्थी सुरक्षितस्थानमा पठाएर आफू पनि विद्यालयबाट सुरक्षितस्थानमा गएका थिए ।

प्रकाशित मिति : August 28, 2026 at 12:38 pm