१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।

dainiki.com

प्राधिकरणले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमा खटिएका तथा  विभिन्न कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।  त्यस्ता जोखिममा रहेका व्यक्तिहरूले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा जान समेत प्राधिकरणले विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति : August 28, 2026 at 12:36 pm