१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

भोटेकोशीको मुहान नजिकै बनेको ताल फुट्यो, त्रिशुली किनारमा नबस्न अनुरोध

१२ भदौ, काठमाडौं । भोटेकोशीको मुहान चीनको छोचेन खोला र पुरेपू त्साङ्पो खोलाको संगमस्थल नजिकै बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षले ताल फुटेको जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन ।

त्रिशुली नदीको किनारामा उच्च सतर्ककता अपनाउन अपिल गरिएको छ । खोला थुनिएर बनेको ठूलो ताल फुटेकाले बाढी पनि ठूलै हुन सक्ने जोखिम भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । नदी तटका नागरिकमा सूचना पठाइसकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी परियारले बताएका छन ।

प्रकाशित मिति : August 28, 2026 at 11:48 am