भारतमा भेटिए सात शव, रसुवा बाढीले बगाएको हुन सक्ने
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको असर छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रमा पनि देखिन थालेको छ । उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ । जसमा पाँच महिला र दुई पुरुषका शव छन् ।
सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ । उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको समाचारमा उल्लेख छ । बरामद शवहरू महराजगञ्ज र कुशीनगर जिल्ला मुख्यालयमा पठाइएको छ। हालसम्म कुनै पनि शवको पहिचान हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ।
प्रकाशित मिति : August 28, 2026 at 10:53 am



