रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
११ भदाै, काठमाडाैं । गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । ब्रुअरीले नगद अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तारन्तरण गरेको हो ।

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री वाग्लेले बुझ्न थालेका छन् ।गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
प्रकाशित मिति : August 27, 2026 at 5:07 pm



