गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह
११ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ । मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।

बाढी प्रभावित क्षेत्रमा हुनसक्ने खतरालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि धुन्चे रुट पूर्ण रूपमा नचलाउन र त्यसको सट्टा काठमाडौंबाट दुप्चेश्वर, सिसिपु, तालु, फेदी, र सूर्यकुण्ड पास (४,६७५ मिटर) हुँदै गोसाइकुण्ड (४,३८० मिटर) पुग्ने वैकल्पिक रुट प्रयोग गर्न भनेको हो ।
प्रकाशित मिति : August 27, 2026 at 4:09 pm



