दुई खोलाको संगममा बन्यो ठूलो ताल, चीनले दियो चेतावनी
११ भदौ, काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालिसकेको जनाइएको छ ।

क्त दोभानमा बनेको तालको निगरानी गरिरहेको र तालबाट उत्पन्न हुनसक्ने बाढीको खतराबारे ‘मोडलिङ’ समेत गरेको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ । पानीको मात्रा निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठुलो बाढी आउन सक्ने भएकाले ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ ।
सम्भावित बाँध फुट्ने घटनाको तयारी गर्न र आपत्कालीन उद्धार कार्यमा सहयोग पुयाउन चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको ग्लोबल टाइम्सले लेखेको छ ।
प्रकाशित मिति : August 27, 2026 at 3:50 pm



