११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

अहिलेसम्म २७० जनाको मृत्यु, चितवनमा सबैभन्दा बढी शव फेला

११ भदौ,  काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा भदौ १० मा आएको बाढीमा परेर अहिलेसम्म २७० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार यो तथ्यांक आज दिउँसो साढे १ बजेसम्मको हो।

रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२, नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 27, 2026 at 3:17 pm