११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह, घाइतेहरू भेट्दै

११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । तिब्बतबाट आएको विनाशकारी बाढीको क्षति, राहत र उद्धार कार्यबारे जानकारी लिन उनी नुवाकोट पुगेका हुन् ।

विदूर पुगेका प्रधानमन्त्री शाहले स्थलगत निरीक्षणका साथै घाइतेहरु भेटेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान स्थलमार्ग हुँदै विदूर पुगेका हुन् ।

प्रकाशित मिति : August 27, 2026 at 12:56 pm