बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै
११ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाउने भएको छ । रसुवासहित नुवाकोट, धादिङ लगायत क्षेत्रमा बाढीले सञ्चार सेवामा समेत प्रभाव पारेको छ।
यसबीच उक्त सेवा सञ्चालनका लागि जेनेरेटर र सोलारसहितका पोर्टेबल मोबाइल टावर पठाउन लागेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ। विद्युत आपूर्तिका लागि पनि ब्याकअप प्रणाली पठाउन लागिएको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : August 27, 2026 at 9:52 am



