सरकारले भन्योः उद्धारको पर्खाइमा रहेकाले सके फोन गर्नु, नभए आगो बालेर धुँवा निकाल्नू
१० भदौ, काठमाडौं । सरकारले उद्धारको पर्खाइमा रहेकाले सके फोनमार्फत र सम्भव नभएकाे अवस्थामा धुँवा निकालेर भए पनि संकेत दिन अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विशेष अनुरोध जारी गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न निकायहरूसँग सहयोगको अपील गरेको छ ।
विपद्को यस घडीमा नागरिकको सहजताका लागि प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आकस्मिक सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : August 26, 2026 at 2:59 pm



