रसुवा बाढीमा परेका ७ जनाको शव फेला
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। सात जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी दिपक रेग्मीले जानकारी दिए।

उनका अनुसार नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको हो। बुधबार बिहान ९ बजेतिर रसुवाको टिमुरे क्षेत्रमा बाढी आएको हो। तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढी नुवाकोट, धादिङ, चितवन लगायत ठाउँका नदीसम्म पुगेको छ।
प्रकाशित मिति : August 26, 2026 at 1:49 pm



