७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सेनाको दुई वटा हेलिकप्टर रसुवातर्फ प्रस्थान

१० भदौ,  काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीका कारण उद्धारका लागि नेपाली सेनाको दुई वटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ। बुधबार बिहान टिमुरे बजारमा चीनको तिब्बत क्षेत्रबाट ठूलो बाढी आएको हो। उक्त बाढीले धेरै क्षति भएको छ।

dainiki.com

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् । थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

 

प्रकाशित मिति : August 26, 2026 at 10:43 am