सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन
१० भदौ, काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिएको छ ।

बुधबार बिहान करिब सवा ९ बजे एक्कासि ठूलो बाढी आएको थियाे । तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ ।
प्रकाशित मिति : August 26, 2026 at 10:27 am



