१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

भोटेकोशीमा बाढी: खोज तथा उद्धारका लागि अर्थ मन्त्रालयले समन्वय गर्दै

१० भदाै, काठमाडौं । रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपासका क्षेत्रमा भीषण वर्षासँगै आएको ठूलो बाढीले जनजीवन प्रभावित पारेको छ । बाढीका कारण पुगेको क्षति र सिर्जित जोखिमलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले खोज तथा उद्धारका लागि उच्चस्तरीय सक्रियता देखाएको छ ।

dainiki.com

बाढी प्रभावित क्षेत्रमा रहेका भन्सार कार्यालय र मातहतका अन्य निकायहरूसँग अर्थ मन्त्रालयले प्रत्यक्ष सम्पर्क स्थापित गरी आवश्यक समन्वय गरिरहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र मन्त्रालयको प्रशासन शाखा सहितको उच्चस्तरीय नेतृत्वले खोज, उद्धार तथा राहत कार्यमा समन्वय गरिरहेको अर्थ मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रमा पर्ने टिमुरे र आसपासका क्षेत्रमा बाढीले भौतिक क्षति पुऱ्याएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : August 26, 2026 at 10:16 am