रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह
१० भदौ, काठमाडाैं । रसुवामा चिनियाँ क्षेत्रबाट अकस्मित बाढी आएको छ। भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : August 26, 2026 at 10:02 am



