धितोपत्र र बीमा कसुरमा तीन संस्थाका चार सञ्चालक पक्राउ
९ भदौ, काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन । कसुरमा संलग्न भई फरार रहेका उनीहरूलाई २०८३ साल साउन ८ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको हो।

पक्राउ पर्नेमा निम्न व्यक्ति रहेका छन् :
सुभाष पौडेल — काठमाडौं महानगरपालिका–३१ निवासी तथा हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सञ्चालक सदस्य, उमेर ४५ वर्ष।
सुनिता महर्जन — सर्लाही, लालबन्दी नगरपालिका–२ निवासी तथा क्रेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य, उमेर ५१ वर्ष।
अनुप मालाकार — काठमाडौं महानगरपालिका–३१ निवासी तथा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समिति सदस्य, उमेर ४५ वर्ष।
सुनिता श्रेष्ठ — काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–६ निवासी तथा स्थायी वतन भुम्लु गाउँपालिका–८ भएकी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक समिति सदस्य, उमेर ३९ वर्ष।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि धितोपत्र तथा बीमा क्षेत्रसँग सम्बन्धित कसुरमा अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको जनाइएको छ।

प्रकाशित मिति : August 25, 2026 at 7:17 pm



