नाडा अटो शोमा भेस्पा र अप्रिलियाको स्कुटर खरिद गर्दा २८,५०० रुपैयाँसम्मको विशेष छुट योजना
९ भदाै, काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभेगान्जा’ योजना सार्वजनिक गरेको छ । नाडा अटो शो अवधिभर भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५०० रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत सवारीसाधन खरिद गर्ने ग्राहकले भेस्पा तथा अप्रिलियाको विशेष ल्यापटप झोलासमेत प्राप्त गर्नेछन् ।
यो योजना नगद, वित्तीय सुविधा तथा पुरानो सवारीसाधन सट्टापट्टामार्फत खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । नाडा अटो शोमा भेस्पाले यसपटक इटालियन क्याफे शैलीमा आफ्नो प्रदर्शनी कक्ष तयार गरेको छ । प्रदर्शनी कक्षको डिजाइनमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभव प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपीई, लिलाक रङको भेस्पा १२५ तथा ओरो रङको भेस्पा एस १२५ राखिएका छन् । त्यस्तै, अप्रिलियाका स्टोर्म १२५ र एसआर १६० तथा भेस्पाका अन्य रङका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ पनि प्रदर्शनीमा राखिएका छन् ।
डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नाडा अटो शो २०२६ मा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए । नयाँ अप्रिलिया एसआर १७५ एचपीई तथा लिलाक रङको भेस्पा १२५ र ओरो रङको भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव प्रदान गर्ने उनको भनाइ छ ।
भेस्पाको क्याफे शैलीमा तयार गरिएको प्रदर्शनी कक्ष र ‘द सेभिङ एक्स्ट्राभेगान्जा’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने विश्वाससमेत महतोले व्यक्त गरे । भेस्पा र अप्रिलियाका नयाँ मोडल तथा विशेष योजनाबारे जानकारी लिन नाडा अटो शो २०२६ को नम्बरको प्रदर्शनी कक्षमा जान सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : August 25, 2026 at 6:01 pm



