९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026
http://kk5.io/NADA2026

मुद्दा हारेपछि सर्वोच्च अदालतमै आत्महत्याको प्रयास, सुरक्षाकर्मी गरे सकुशल उद्दार

९ भदौ, काठमाडौं । ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरमा आत्महत्याको प्रयास गरेका छन्। मंगलबार दिउँसो मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि  सर्वोच्च अदालतको नयाँ भवनमा आत्महत्याको प्रयास गरेका उनलाई सुरक्षाकर्मीको सक्रियताले सकुशल उद्दार गरेको छ ।

अधिवक्ता लालबाहादुर राईले दायर गरेको रिटमा राईकै पक्षमा फैसला नगरेको भन्दै मंगलबार दिउँसो आत्महत्या प्रयास गरेका हुन् । उच्च अदालतमा ठगीको मुद्दा पराजित भएपछि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुगेका राईले सर्वोच्चमा पनि हार व्यहोर्नु परेको भन्दै आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

dainiki.com

घटनालगत्तै सर्वोच्च अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई सकुशल उद्दार गरेका हुन् । घटनास्थलबाट उनले लेखेको एउटा नोटसमेत फेला परेको बताइएको छ। यद्यपि त्यसमा उल्लेख विषयवस्तुबारे आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : August 25, 2026 at 4:47 pm