टाटाको सिएरा ईभी सार्वजनिक, ब्याट्रीमा लाइफटाइम वारेन्टी
९ भदाै, काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक गरेको छ । आकर्षक फ्युचरिस्टिक डिजाइन, लामो रेन्ज, शक्तिशाली पर्फर्मेन्स र अत्याधुनिक फिचरले सुसज्जित यो विद्युतीय एसयूभीलाई नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मार्फत सार्वजनिक गरेको हो।
सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याक उपलब्ध छन्। कम्पनीका अनुसार ६३ किलोवाट आवर ब्याट्री भएको संस्करणले एकपटक फुल चार्जमा ५३५ किलोमिटर र ७५ किलोवाट आवर ब्याट्री भएको संस्करणले ६६५ किलोमिटरसम्म रेन्ज दिन कम्पनीको दाबी छ ।
फास्ट चार्जिङको सहायताले केवल १५ मिनेट चार्ज गर्दा २६३ किलोमिटर सम्म चलाउन सकिने कम्पनीले जनाएकाे छ। साथै कम्पनीले ब्याट्रीमा लाइफटाइम वारेन्टीसमेत उपलब्ध गराएको छ। पर्फर्मेन्सका हिसाबले सिएरा ईभीको फोर ह्विल ड्राइभ भेरिएन्ट अझ शक्तिशाली छ। यसले ५०४ न्युटन–मिटर टर्क उत्पादन गर्छ भने शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.८ सेकेन्डमै लिन सक्छ।
इन्टेरियरमा लेदरेट अपहोल्स्ट्री, भेन्टिलेटेड सिट, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, थाई सपोर्ट एक्सटेन्डर, सनरुफ, कनेक्टेड फिचर, हाइपर हेड्स–अप डिस्प्ले र वायरलेस मोबाइल चार्जर जस्ता फिचर समावेश गरिएको छ । म्युजिक सिस्टमका लागि यसमा १२ स्पिकरयुक्त जेबीएल साउन्ड सिस्टम र डल्बी एटमस प्रविधिको उपलब्ध छ।
सेफ्टीका लागि टाटा सिएरा ईभीमा ६ वटा एयरब्याग, ५४० डिग्री भ्यु क्यामेरा, अटोमेटिक पार्किङ असिस्ट, समन मोड, लेभल २ एडास तथा अन्य अत्याधुनिक सेफ्टी फिचर समावेश गरिएको छ। यसमा बुस्ट मोड र रिल्याक्स मोडसहित कुल ६ वटा ड्राइभिङ मोड उपलब्ध छ ।
प्रकाशित मिति : August 25, 2026 at 1:20 pm


