८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

लगानी बोर्डको सीईओ याङ्की उक्यावले सम्हालिन् पदभार

८ भदौ, काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले आज पदभार सम्हालेकी छिन् । नवनियुक्त सीईओ याङ्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आफ्नो औपचारिक नियुक्ति पत्र ग्रहण गरेकी हुन् । मन्त्रिपरिषद्को गत साउन २० गतेको निर्णयले उक्यावलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेको १९ दिनपछि सिइओ याङ्कीले आज पदभार समालेकी हुन् ।

उक्याबलाई मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि पनि उनले लगानी बोर्डमा लगानी सम्बन्धी परियोजनामा चार वर्ष काम गरेकी थिइन् । उनले बोर्डमा रहेर विशेषगरी माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनाहरूको लगानी संरचनामा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।। काठमाडौँकी स्थायी बासिन्दा उक्याबले अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर गरेकी छिन् । उक्याबसँग विकास वित्त, रणनीतिक साझेदारी र आर्थिक नीतिमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : August 24, 2026 at 6:00 pm