८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

दुर्गा प्रसाईंको घरबाट बरामद सामानसहित उपस्थित हुन सर्वोच्चको आदेश

८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन आदेश दिएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले भदौ ४ गते नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्न आदेश दिएको हो।

dainiki.com

दुर्गा प्रसाईंकी पत्नी उमाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भदौ ४ गते प्रसाईंको घरबाट ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर रहने डिभाइस नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : August 24, 2026 at 1:14 pm