७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

७ भदौ, काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् ।

सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो । तर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

dainiki.com

आमा-छोरी क.प्र.०२००१ख १०७० नम्बरको गाडीमा मुसिकोट खलंगाबाट सुर्खेत जाँदै थिए । गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 23, 2026 at 12:15 pm