संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्यो ८४ नायव सुब्बा
७ भदाै, काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ। मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतका नायब सुब्बा तहका ८४ जना कर्मचारीको सरुवा गरेको हो।

मन्त्रालयले शुक्रबार दुई छुट्टाछुट्टै निर्णय गर्दै कर्मचारीहरूको सरुवा गरेको जनाएको छ। पहिलो सूचीमा ४५ जना र दोस्रो सूचीमा ३९ जना गरी कुल ८४ जना नायब सुब्बा सरुवामा परेका छन्। सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत छन्।
सरुवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन दिइएको छ।

प्रकाशित मिति : August 23, 2026 at 11:42 am


