५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

डीडीसीले सुरु गर्यो घिउ निर्यात, ६ सय किलो घिउ पहिलो पटक दुबई पठाइयो

५ भदौ, काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घिउ पहिलो पटक वैदेशिक बजारमा निर्यात हुन थालेको छ। पहिलो चरणमा डीडीसीको घिउ मध्यपूर्वको दुबई (यूएई) मा पठाइएको हो ।

 शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत हाल पहिलो खेपमा १२०० जार घिउ दुबई पठाइएको छ । प्रतिजार ३५० मिलिलिटरका दरले जम्मा ४२० लिटर (करिब ६०० किलो तौल) घिउ पठाइएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ ।

प्रकाशित मिति : August 21, 2026 at 1:50 pm