५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चले गर्यो बदर

५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गरेको हो। सर्वोच्चको आदेशसँगै श्रेष्ठको कार्यकारी अध्यक्षका रूपमा निरन्तरता समाप्त भएको छ।

निगम संचालक समितिका सदस्य उपेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय समेतलाई विपक्षी बनाएर असार ३२ गते रिट दायर गरेका थिए। उनले श्रेष्ठको नियुक्ति बदर गरी आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न परमादेश जारी गर्नसमेत माग गरेका थिए।

तर सर्वोच्चले कार्कीको मागअनुसार श्रेष्ठको नियुक्ति बदर गरे पनि उनलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न परमादेश भने जारी गरेन।  सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले यसमा आंशिक मात्रै रिट जारी भएको जानकारी दिए।

प्रकाशित मिति : August 21, 2026 at 9:51 am