साना किसान विकास लघुवित्तको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त
४ भदाै, काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालक समिति पुनर्गठन गर्दै संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरेको छ।
संस्थाको सञ्चालक समितिको ९४औँ बैठकले नेपाल बैंक लिमिटेडको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका दीपेन्द्र राज काफ्लेको स्थानमा लेखनाथ भुसाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सञ्चालक भुसालले भदौ ४ गतेदेअि सञ्चालक पद तथा गोपनीयताको शपथ ग्रहण गरेको संस्थाले जनाएको छ। त्यसैगरी, संस्थाको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सृजना शर्मालाई नियुक्त गरिएकाे कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : August 20, 2026 at 2:49 pm


