नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छः सांसद विपिन आचार्य
३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार दिन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रवासमा रहेका नेपालीले मत हाल्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘हामी चाहन्छौँ यो पटकको स्थानीय निर्वाचनमा संसारभरका प्रवासी नेपालीहरूले पनि भोट हाल्न पाऊन्,’ उनले संसदमा बोल्दै भने, ‘त्यसका लागि जे-जे कानुनी उपायहरू गर्नुपर्ने छ, त्यो गर्न सुरू गरौँ। र त्यसको प्राविधिक पाटो अझ बढी पेचिलो हुन्छ, त्यसमा काम गरौँ।’
विदेशमा रहेका नागरिकको ‘नोट चल्ने तर भोट नचल्ने’ प्रवृत्तिको अन्त्य हुनुपर्ने पार्टीको नीति रहेको उनले स्पष्ट पारे।
प्रकाशित मिति : August 19, 2026 at 5:02 pm


