प्रधानमन्त्री शाह र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता
२ भदाै, काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो।
भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौँ आएका हुन्। सोमबार उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। त्यही दिन उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।
प्रकाशित मिति : August 18, 2026 at 4:03 pm


