यी हुन् १ लाख जित्ने १५ उपभोक्ता
१ भदौ, काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन् ।
प्राइज पोर्टलको दोस्रो चरणमा १ लाख रूपैयाँका विजेता १५ उपभोक्ता छनोट भएका छन्। विजेता कुपन नम्बरमा ०३०३४२२७९९५६, ०१९२५६५१०९३५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२ र ०१७७६६१०७००५, ०१८१२८७५९४०९, ०२४६७३१७१९०४, ०२११८४०००६५३, ०२३८५६८८५३७०, ०२५३५७३३१९४१, ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५ र ०२७७११४८७१४५ रहेका छन्।
नगद कारोबार गर्ने उपभोक्ताले बिल विवरण अपलोड गर्दा आफ्नो कुपन नम्बर दिएका हुन्छन्। त्यसैका आधारमा आफ्नो कुपन नम्बर विजेतामा परे वा नपरेको थाहा पाउन सक्नेछन्।
क्युआर वा कार्डबाट भुक्तानी गर्ने उपभोक्तालाई भने आन्तरिक राजस्व विभागले जानकारी गराउनेछ।
प्रकाशित मिति : August 17, 2026 at 5:49 pm


