१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

काभ्रेको खानीखोलामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ गम्भीर घाइते

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

जिपमा सवार ताराबहादुर माझी भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनामा माझीका बुबा कलबबहादुर माझीको मृत्यु भएको छ भने अर्का एक जना मृतकको पहिचान हुन बाँकी छ ।

घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : August 17, 2026 at 1:35 pm