१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

१ भदौ, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले थप चार दिन थुनामा राख्न अनुमति दिएको हो।

यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।

श्रेष्ठको गिरफ्तारीलाई गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा आजै सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको छ । श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति : August 17, 2026 at 1:14 pm