१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

वैदेशिक रोजगार व्यवसायी र सरकारबिच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

१ भदाै, काठमाडौँ। आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सोमबार सहमति भएको छ। मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष, सल्लाहाकार र पदाधिकारिहरूबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

संघले साउन २२ गतेदेखि १५ बुँदे माग राखी सञ्चालन गरिरहेको ध्यानाकर्षण कार्यक्रम तथा भदौ १ गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको थियो । आजको छलफलमा सङ्घले राखेका १५ बुँदे मागका सम्बन्धमा अधिकांश विषयहरू नीतिगत सम्बोधनका रहेकाले वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश भइरहेकोबारे जानकारी गराइएको थियो।

व्यवसायीका मागका सम्बन्धमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा विषयवस्तु पेश गर्न सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति : August 17, 2026 at 12:26 pm