३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

बेलकाेटगढी नगरपालिकाका संस्थापक मेयर राजेन्द्ररमण खनालको निधन

३१ साउन, काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको संस्थापक मेयर राजेन्द्ररमण खनालको निधन भएको छ । बेलकोटगढी १२ स्थायी घर भइ हाल तारकेश्वर नगरपालिकामा फुटुङमा बस्दै आएका खनालको आइतबार दिउँसो निधन भएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

खनाल एमाले नुवाकोटको उपाध्यक्ष समेत हुन । उनी २०७४ सालमा एमालेको तर्फबाट बेलकोटगढी नगरपालिकमा मयर निर्वाचित भएका थिए । अर्बुद रोगबाट पीडित खनाल केही सयमदेखि सिल्भरलाइन अस्पताल बालाजुमा भर्ना भएर उपचार गराइरहेका थिए ।

खनालको आजै दिउँसो १ः३० बजे पशुपति अर्यघाटमा अन्त्येष्टि गरिने मैनालीले बताएका छन । तस्बिरः रामशरण प्याकुरेलको फेसबुक वाल

 

प्रकाशित मिति : August 16, 2026 at 12:27 pm