२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

पत्रकार किशोर श्रेेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

२९ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

त्यस्तै, श्रेष्ठको घरबाट प्रहरीले बरामद गरेको ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको सिपियू पनि अदालतमा ल्याउन आदेश दिएको  हाे ।

श्रेष्ठलाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनको रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चमा उपस्थित गराउन आदेश भएको हो। रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए ।

प्रकाशित मिति : August 14, 2026 at 11:05 am