२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति, घरमा फेरि पुग्यो प्रहरी

२८ साउन, काठमाडौँ  । विश्व प्रेस काउन्सिलको उपाध्यक्ष समेत रहेका पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न जिल्ला अदातल काठमाडौँले अनुमति दिइएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

श्रेष्ठलाई बुधबार ललितपुरबाट प्रहरीले गैर कानुनी ढंगले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएकाले सोही आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उता श्रेष्ठको घरमा खानतलासी गर्न प्रहरी फेरि पुगेको र ढोकामा ढक ढक गरिरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले बताएकी छिन । उनले श्रेष्ठको बिनाशर्त रिहाइको माग गरेकी छिन ।

प्रकाशित मिति : August 13, 2026 at 6:54 pm