२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सर्वोत्तम सिमेन्टको नाफा १ अर्ब १० करोड, आम्दानी कति ?

२८ साउन, काठमाडाैं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवको चौथो त्रैमाससम्म १ अर्ब १० करोड ७४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७० प्रतिशतले बढी हो ।

अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अबै २ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीको बिक्री आम्दानी ७.५६ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत १० अर्ब २५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत ९ अर्ब ५३ करोड रुपैयाँ कमाएको थियो ।

यस्तै अघिल्लो आवमा १३ करोड ७६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १७ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १५ करोड ६३ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८६ करोड १ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२१.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१७.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ र तरलता अनुपात १.९२ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 13, 2026 at 9:24 am