पक्राउपछि पत्रकार किशोर श्रेष्ठको घरमा छापा, पत्रिकाको कार्यालयमा पनि प्रहरी परिचालन
२७ साउन, काठमाडौँ । विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन । बुधबार राति श्रेष्ठ पक्राउ परे लगत्तै उनको घरमा प्रहरीले छापा मारेर ल्याटप लगायत महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको थियो । सोही टोलीले श्रेष्ठको घरमा छापा मारेको हो । अहिले प्रहरी जनआस्थाको कार्यालयमा पुगेको छ । प्रहरी छापा मार्न जनआस्था पुगेको सूचना पछि करिब एक दर्जन पत्रकार कार्यालयमा जम्मा भएका छन ।

उपसभामुख रूवी कुमारी ठाकुर, रास्वपा सांसद ज्वाला संग्राैला र रास्वपाकै दीपिका सिंह लगायतको उजुरीमा श्रेष्ठ पक्राउ परेको प्रहरीले बताए पनि औपचारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : August 13, 2026 at 8:07 am


