२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

संघीय निजामती सेवा विधेयकको प्रभाव : दुई सचिवले दिए राजीनामा

२७ साउन, काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएसँगै नेपाल सरकारका दुई सचिवाले राजीनामा दिएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेलले राजीनामा दिएका हुन ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले दुबै सचिवको राजीनामा स्वीकृत समेत गरेको बुझिएको छ । निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा समेट्ने तयारी भइरहँदा दुई सचिवले राजीनामा दिएका हुन ।

अधिकारी केही दिनमै अवकाशमा जाँदै थिए भने पोखरेलको कार्यकाल एक वर्ष बढी बाँकी थियो । विद्यमान व्यवस्थाअनुसार प्राप्त हुने सुविधा सुरक्षित गर्न ३० वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारीले  राजीनामा दिन सुरू गरेका हुन । निजामती कर्मचारीको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : August 12, 2026 at 9:31 am