२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

शेखर गोल्छासँग एक करोड धरौटी माग

२६ साउन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ । मंगलबार विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।

उनी यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। १२ साउनमा काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।

प्रकाशित मिति : August 11, 2026 at 5:26 pm