प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता, के भयो छलफल ?
२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए।राजदूत माओमिङले पनि प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
प्रकाशित मिति : August 10, 2026 at 4:23 pm



